१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

धनीमानीलाई कोरोनाकाल फलिफाप

यस्तो पनि!

फाइल तस्वीर

करोडपतिका सन्तानलाई कोरोना भाइरसले निम्त्याएको बन्दाबन्दी निकै फलिफाप भएको एउटा अध्ययनले देखाएको छ।

जर्नल अफ इपिडिमियोलोजी एन्ड कम्युनिटी हेल्थमा प्रकाशित सो अध्ययनले बेलायतमा कोरोना कालमा भएको बन्दाबन्दीका बेला करोडपतिका बालबालिकाहरूको मानसिक स्वास्थ्यमा निकै सुधार भएको थियो।

यस्तो सुधारचाहिँ त्यस्ता व्यक्तिमा देखिएको छ, जसका बाबुआमा निकै पढेलेखेका थिए। उनीहरूले आफ्ना सन्तानलाई एकैठाउँमा भेला पारी बसेका थिए। तिनको तुलनामा कम आम्दानी भएकाहरूका सन्तानको मानसिक स्वास्थ्य भने उत्तिकै गजबको भने थिएन।

अति गरिब र अति धनीका बालबालिकाको मानसिक स्वास्थ्यमाथि सन् २०२० र २०२१ गरी दुई वर्ष अवधिमा अध्ययन गरिएको थियो।

के कारणले त्यस्तो भयो होला त? अध्ययनले भन्छ, ‘बन्दाबन्दीका बेला बालबालिकाहरूको राम्रोसँग हेरचाह मात्र भएन, घरैमा राम्रो शिक्षादीक्षा र राम्रो मानसिक सहयोग दिने काम भयो। यस किसिमको सहयोगले तिनका बालबालिकामा निकै सकारात्मक प्रभाव प¥यो।’

दुई छाकका लागि संघर्ष गर्ने परिवारमा भने तनावको दर तुलनात्मक रूपमा बढेको पाइयो। दुई छाक जुटाउन उनीहरूले परिवार छाडेर काममा जानुपर्ने र यसले उनीहरूलाई कोभिडको संक्रमण हुने डर पनि बढी थियो।

ब्राजिल र बाङ्लादेशमा गरिखाने वर्गका अभिभावक काममा जाँदा कोभिड अवधिभर उनीहरूको मानसिक स्वास्थ्य अन्य बेलाभन्दा निकै खराब रहेको देखियो। घरबाटै काम गर्न नमिल्नेहरूमा यस्तो समस्या बढी देखिएको अध्येताहरूको भनाइ छ।

यस अध्ययनका लागि अध्येताहरूले ९ हजार २७२ परिवारको अवस्था अध्ययन गरेका थिए। त्यसो त धनीमानीका सन्तानको मानसिक स्वास्थ्यबारे सन् २०११ देखि नै बेलायतमा अध्ययन भइरहेकै थियो।

सन् २०२० मा यसको म्याद सकिएको थियो। सकिउञ्जेलसम्मको मानसिक स्वास्थ्य अध्ययन गर्दा र कोभिड कालावधि अध्ययन गर्दा कोभिड कालमा उनीहरूको मानसिक स्वास्थ्य तुलनात्मक रूपमा राम्रो भएको पाइएको हो।

अध्येताहरू भन्छन्, ‘हुन त यो अध्ययनमा कमीकमजोरी होलान् तर पनि यसले देखाएको छ, कोभिडकालमा धनीमानीसँग घरमा समय दिने पर्याप्त समय थियो। जसले उनीहरूका सन्तानले पर्याप्त समय पाए, सँगै खेल्ने र रमाइलोको अवसर पाए। बालबालिकाले आमाबुवासँग झुम्मिन पाएको यो दुर्लभ अवसरकै कारण उनीहरूको मानसिक स्वास्थ्यमा उल्लेख्य सुधार भएको हाम्रो निष्कर्ष छ।’

प्रकाशित: १० आश्विन २०८० ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App