१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप ७८ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो। शुक्रबार पनि एक जनाको निधन भएको थियो।

आज एक हजार एक सय ४८ नमूना परीक्षणमा ७८ जना सङ्क्रमित फेला परेका छन्। यस्तै आज ५० जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन्। 

यसैगरी देशभरि २५ जना आइसोलेशन, सात जना सघन उपचार कक्ष (आइसीयू) र तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

प्रकाशित: ९ वैशाख २०८० १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App