२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राउटे युवतीका सामग्री हटाउन अदालतको आदेश

जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशित/प्रसारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेको छ।

जिल्ला अदालतको अत्यावश्यक बाहेकका सेवा बन्द

कोभिड–१९ को दोश्रो लहरको महामारी रोकथाम तथा न्यूनीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालयको अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हाे।

उत्कृष्ट कामको नतिजा 'घटुवा-सरुवा'

जिल्ला अदालतले चैत अन्तिम साता खजुराका रमेश थापाको जग्गा सरकारको नाममा स्रेत कायम गर्न आदेश गर्‍यो। वर्षोदेखि भोगचलन गरेकोे खजुरा गाउँपालिकामा–६ मा रहेको रमेश थापाको नामको १७ बिगाहा जग्गा सरकारको नाममा स्रेस्ता कायम गर्नका लागि जिल्ला अदालतमा पेश भएको निवेदन सदर भएको हो।

कम्प्युटर अपरेटरलाई धरौटीमा छोड्न आदेश

वीरेन्द्रनगर–१२ मा रहेको सौगात रावतको नामको ३१११ कित्ता नम्वरको छ कट्ठा जमिन असार आठ गते मालपोत कार्यालय र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरिएको थियो । त्यसको भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई विक्री गरिएको थियो ।

बलात्कारीलाई सात वर्ष कैद फैसला

कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो।

अभद्र व्यवहारमा चलाइएको मुद्दा गलत ठहर

काठमाडौं जिल्ला अदालतले प्रहरीले सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्ने एक व्यक्तिलाई अभद्र व्यवहारमा मुद्दा चलाएर थुनामा राखी जरिवाना गरिनु गलत भएको ठहर गरेको छ। पौडेललाई सफाइ पाउने फैसला गरी लिइएको जरिवाना २ हजार रुपैयाँसमेत फिर्ता गर्न आदेश दिइएको छ।

समुदायमा पुग्दै जिल्ला अदालत

न्यायीक प्रकृयामा नागरिकको पहुँच बृद्धिका लागि जिल्ला अदालत खोटाङले समुदायमा अदालत कार्यक्रम गरेको छ। गाउँ–गाउँ र जनजनसम्म न्यायीक पहुँच बृद्धिका लागि जिल्ला अदालतले शुक्रबार दिक्तेलको पञ्च माविमा समुदायमा अदालत कार्यक्रम गरेको हो।

वैदेशिक रोजगारीले सम्बन्धविच्छेद बढ्दो

महिलाले परिवारकै सदस्यबाट हुनेगरेको अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्धविच्छेदको दर बढेको छ । जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदकै छन् ।

राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ। भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो।

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ। बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार रुपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए।

गोरखा जिल्ला अदालतको सेवा नयाँ भवनबाट

गोरखा जिल्ला अदालतले नयाँ भवनबाट सेवा सुरु गरेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) र निर्माण कम्पनीले हस्तान्तरण नगर्दा निर्माण कार्य सम्पन्न भएको लामो समयसम्म भाडाकै घरबाट सञ्चालन भइरहेको अदालतले नयाँ भवनबाट काम सुरु गरेको हो ।

कम्प्युटर अपरेटरसहित दुई जना कारागार चलान

जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउँदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।

नयाँ भवन हस्तान्तरण नहुँदा भाडाको घरमा अदालत

गोरखा जिल्ला अदालतको भवन गत असारमा निर्माण कार्य पूरा भएको थियो। तर, अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन। भवन निर्माण कार्य पूरा भएको लामो समयसम्म पनि हस्तान्तरण नहुँदा भाडाको घरबाट काम सञ्चालन गर्नु परेको छ। जिल्लाकै ठूलो र सुविधा सम्पन्न रहेको जिल्ला अदालत भवन हस्तान्तरण नहुँदा मासिक ६४ हजार रूपैयाँ घर भाडामा खर्च गर्नुपर्ने बाध्यता रहेको छ।

भवन बनेको सात महिनासम्म हस्तान्तरण भएन

गत असारमा निर्माण पुरा भएको गोरखा जिल्ला अदालतको भवन निर्माण गर्ने कार्यालय र कम्पनिको हेलचक्रयाइँले सातमहिनासम्म हस्तान्तरण हुन सकेको छैन ।

गौहत्यामा नगर प्रहरी निरीक्षकसहित १० जनालाई कैद

गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाई मध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्