६ वैशाख २०८१ बिहीबार
समाज

समुदायमा पुग्दै जिल्ला अदालत

न्याय प्रणालीका बारेमा विद्यार्थीलाई जानकारी दिँदै जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्य। तस्बिर : दमन राई/नागरिक

न्यायीक प्रकृयामा नागरिकको पहुँच बृद्धिका लागि जिल्ला अदालत खोटाङले समुदायमा अदालत कार्यक्रम गरेको छ। गाउँ–गाउँ र जनजनसम्म न्यायीक पहुँच बृद्धिका लागि जिल्ला अदालतले शुक्रबार दिक्तेलको पञ्च माविमा समुदायमा अदालत कार्यक्रम गरेको हो। अदालतको न्यायीक प्रकृयाका बारेमा जनतालाई सुसूचित गर्दै जनता र अदालतबीचको दूरी कम गर्ने लक्ष्यका साथ समुदायमा अदालत कार्यक्रम गरिएको जिल्ला अदालतका श्रेष्तेदार उपसचिव रमाकान्त यादवले बताए। पञ्च माबिमा कानून विषय अध्ययनरत विद्यार्थी, अभिभावक लगायतलाई सहभागी गराएर समुदायमा अदालत कार्यक्रम गरिएको हो। कार्यक्रममा अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहका प्रकृया एबं अदालतप्रति समुदायको जिज्ञासाका बारेमा छलफल गरिएको थियो।  

न्यायपालिकाले सम्पादन गर्ने कार्य तथा न्याय सम्पादन प्रकृयालाई जनमानससम्म पु¥याएर न्यायीक प्रकृयालाई प्रभावकारी बनाउनका लागि समुदायमा अदालत कार्यक्रम आयोजना गरिएको श्रेष्तेदार यादवले बताए। ‘न्यायप्रतिको नागरिकको गुनासो सुन्ने, जनताको न्यायमा पहुँच पुर्‍याउने र न्यायलाई पारदर्शी बनाउने लक्ष्यका साथ समुदायमा अदालत कार्यक्रम गरिएको हो,’ श्रेष्तेदार यादवले भने, ‘बिचौलिया नियन्त्रण गर्ने, न्याय सम्पादनका बारेमा समाजको धारणा बुझ्ने, जनता र अदालतबिचको ग्याप पुर्ती गर्ने, न्यायप्रति आस्था र बिश्वास बढाउने हाम्रो लक्ष्य हो।’ कार्यक्रममा जिल्ला अदालतबाट सम्पादन भएका सेवा, मुद्धा तथा रिटको फस्र्यौट एबं बाँकी विवरण, मेलमिलाप लगायतका बारेमा जानकारी दिइएको छ।  

न्याय प्रणाली सम्वन्धी जानकारी विद्यार्थीमार्फत अभिभावकसम्म पुर्‍याउने लक्ष्यका साथ अदालतले छात्र÷छात्रालाई प्राथमिकतामा राखेर समुदायमा अदालत कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा श्रेष्तेदार यादव र जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता रमेश भट्टराईको प्रस्तुतीमाथि छलफल गरिएको थियो। अदालतको रणनितिक योजना अनुसार समुदायमा अदालत कार्यक्रम गरिएको हो। क्रमशः जिल्लाका अन्य स्थानमा समुदायमा अदालत कार्यक्रम सञ्चालनको तयारी भइरहेको जिल्ला अदालतका न्यायधिस मातृकाप्रसाद आचार्यले बताए।  

प्रदेश नम्बर १ का सामुदायीक विद्यालयमध्ये पञ्च माबिले पहिलोपल्ट कानून विषयको पठन–पाठन सुरु गरेको आधारमा अदालतले सोही विद्यालयमा समुदायमा अदालत कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा वडाध्यक्ष टंक आचार्य, वडा सदस्य प्रकाश श्रेष्ठ, नेपाल बार एसोसिएसनका प्रतिनिधि कुबेरकाजी राई, वैतनिक वकिल देबराज थुलुङ, पञ्च माबिका प्रअ भवकृष्ण ढकाल, अधिबक्ता ओमप्रकाश घिमिरे लगायतले बोलेका थिए।

प्रकाशित: १४ चैत्र २०७७ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App