२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।

रौतहटका दुई मेयर र पाँच उपमेयरको पद धरापमा

रौतहटका दुई नगर प्रमुख र पाँच उपप्रमुखलाई पार्टीले स्पष्टीकरण सोधेपछि पद धरापमा परेको छ।

आज अपराह्नका लागि बोलाइएको माओवादी केन्द्रको बैठक स्थगित

आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगन गरिएको छ।

निकट भविष्यमै नेपाल पक्षसँग पार्टी एकता हुन्छः देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमाले माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन्।

जनतालाई समृद्ध बनाउन कम्युनिष्ट झनै बढी जिम्मेवार र संवेदनशील: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिष्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने बताएका छन्।

कर्णाली प्रदेशः जोगियो माओवादी नेतृत्वको सरकार

पार्टी ह्विप उल्लंघन गर्दै नेकपा एमालेका चार सांसदले मत दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा आफूप्रति विश्वास रहेको पुष्टि गर्न सफल भएका छन् । एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापा र देवी ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । तीमध्ये ओलीले भने पछि मत फिर्ता लिएकी थिइन् ।

ओलीको निम्तो दाहालबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटाैं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे ।

मुठीभरका मान्छेले संविधान उल्ट्याउन खोजेः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही मुठीभरका मान्छेले संविधान उल्ट्याउन खोजेको बताएका छन्।

कर्णालीको काँग्रेसलाई केन्द्रको भर

यतिबेला कर्णालीमा सरकार उथलपुथल हुने अवस्थामा छ। कर्णालीको प्रमुख राजनीतिक दल एमाले आफ्नो सरकार बनाउने धाउन्नमा छ। यता नेकपा (माओवादी)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई यथावत् राख्ने बल लगाइरहेको छ।

ओली र माओवादीबीच सांठगांठको आशंका छ : डा. कोइराला

‘कि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्‍यो कि त अरुलाई सरकार बनाउन सहयोग गर्नुपर्‍यो हैन भने ओलीसँगै मिलेर जाने भन्नुपर्‍यो’ कोइरालाले भने,‘कांग्रेस अब चुप लागेर बस्नु हुँदैन।’

एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास व्यक्त गरेका छन्।

संसद्को रक्षार्थ समर्थन फिर्ता लिएनौंः सांसद बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले संसद्को रक्षा गर्न आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएको स्पष्ट पारे।

माओवादी केन्द्र त्याग गरेका चार प्रदेश सांसदको पद खारेज हुँदै

माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश २ का चार सांसदको पद आज खारेज हुँदैछ । आइतबारसम्म स्पष्टीकरणको जवाफ नआएपछि चारजना सांसदले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेश सभा सचिवालयलाई पठाएको छ ।

कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ: प्रचण्ड

प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए। उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए। उनले भने, 'कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ।'

प्रदेश २ः माओवादी केन्द्रको संसदीय दलको नेतामा भरत साह

प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ। पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो। यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्