१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद्को रक्षार्थ समर्थन फिर्ता लिएनौंः सांसद बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले संसद्को रक्षा गर्न आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएको स्पष्ट पारे। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बस्नेतले संसद्को रक्षा नभएमा सरकारलाई दिएको समर्थनको फिर्ताको कुनै अर्थ नहुने बताए।

उनले भने, 'सरकारलाई दिएको समर्थनको अर्थ, यो संसद्को रक्षार्थ, जनमत र जनादेशबाट बनेको संसद्लाई असंवैधानिक कदमबाट भङ्ग नहोस् भनेर हो।' सांसद बस्नेतले पाँच वर्षे जनमत पाएको सरकारले संसद् विघटन गरेर असहज बाटोतर्फ अघि बढेको आरोप लगाए।

प्रकाशित: ३० चैत्र २०७७ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App