२० वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘बाः एक युद्धा’ भदौ १९ देखि प्रदर्शन हुने

संगीतकार हरि लम्सालको निर्देशनमा रहेको चलचित्र ‘बाः एक युद्धा’ को प्रदर्शन मिति घोषाणा भएको छ। उक्त चलचित्र भदौ १९ गते प्रदर्शनको तयारीमा छ।

बुबाको त्याग र परिवारिक सम्बन्धको कथावस्तुमा आधारित यस चलचित्रको शीर्षकले यो एक शुद्ध सामाजिक कथावस्तु हुने संकेत दिएको छ।  

नेपाली परिवारमा बुवाको महत्त्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण गर्न खोजिएको बुझ्न सकिन्छ।  

वसन्त लम्सालले निर्माण गरेको चलचित्रमा झरना थापा, सुहाना थापा र दिव्यदेव पन्त मुख्य भूमिकामा छन्।  

भदौ १९ गते एक साथ दुई चलचित्र प्रतिस्पर्धामा आउने भएका छन्। भावानात्मक कथामा आधारित ‘बाः एक युद्धा’ र ‘ककाकिकी’ कमोडि जनारामा रहेको चलचित्र एकसाथ प्रदर्शनमा आउदै छ।

प्रकाशित: १५ वैशाख २०८३ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App