२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

साहित्यकार रेखा सुवेदी र सरण राईलाई ‘स्वर्णिम साहित्य पुरस्कार’

‘स्वर्णिम साहित्य समाज’ ले साहित्यकार रेखा सुवेदी र सरण राईलाई स्वर्णिम साहित्य पुरस्कार अर्पिने भएकाे छ।

साहित्यकार रेखा सुवेदीलाई स्वर्णिम साहित्य पुरस्कार अर्पिने भएकाे हाे। पुरस्कारकाे राशि ५० हजार रूपैयाँ रहेकाे छ। त्यस्तै सरण राईलाई स्वर्णिम साहित्य सम्मान अर्पिने भएकाे हाे। सम्मान १० हजार रूपैयाँ रहेकाे छ।

नेपाली साहित्यकाे क्षेत्रमा पुर्‍याएकाे याेगदान कदरस्वरूप सम्मान अर्पिने लागेकाे हाे। मोरङ, बेलबारीकी कवि रेखा सुवेदीको ‘नयाँ अनुहार’ कवितासंग्रह, सुस्केरा (संयुक्त संग्रह) जस्ता कृति प्रकाशित छन्।

त्यस्तै सुनसरी, धरानका शरणकुमार राई साहित्यका विविध विधामा कलम चलाउँछन्। उनका केही कथा, केही कविता, ओइलिने फूल, मानव संसार, फुली, नौरङ्गी, अन्तिम आयाम, अन्तिम  स्वीकारोक्ति जस्ता दर्जनौ कृति प्रकाशित छन्। ‘स्वर्णिम साहित्य समाज’ ले हरेक वर्ष अर्पिँदै आएकाे छ।

स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान समितिका प्रमुख प्रकाश दिप्साली राईकाे अनुसार लाेकप्रिय कवि श्रवण मुकारूङकाे प्रमुख आतिथ्यमा आउँदाे वैशाख २६ गते उक्त पुरस्कार अर्पिने भएकाे छ।

प्रकाशित: २० वैशाख २०८३ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App