अभिनेता दयाहाङ राई पछिल्लो समय आलोचनाकाे सिकार बनिरहेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयमा राईले बोलेपछि उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
आइतबार उनले सामाजिक सञ्जालमा सरकारलाई कटाक्ष गर्दै लेखेको एक स्टाटसमा गालीको आइरो लागेको छ। उनले लेखेका छन्, ‘जस्तो कि यहाँ, सम्पति त लुकाउन सकिने रहेछ। ग्रिबी पो लुकाउन सकिदो रहेनछ।’
उनको यो स्टाटसमा कैयौँले उनलाई जातिवादलाई दिएर गाली तथा आलोचना गरेका छन्।
प्रकाशित: २० वैशाख २०८३ १२:३७ आइतबार





