२० वैशाख २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा हिंसात्मक घटना : तीन जनाको मृत्यु

अस्ट्रेलियाको दक्षिणपश्चिम सिड्नीस्थित एक घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।  

आइतबार बिहान करिब १ः३० बजे सिड्नीको केन्द्रीय भागबाट करिब ४५ किलोमिटर दक्षिणपश्चिममा रहेको रोजमेडो क्षेत्रमा एक घरमा आक्रमण भएको प्रहरीले जनाएको छ।  

घटनास्थलमा पुग्दा करिब ६० वर्षकी एक महिला र करिब २० वर्षका एक पुरुष मृत भेटिएका प्रहरीले जानकारी गराएको छ।  

प्रहरीका अनुसार गम्भीर घाइते भएका ६४ वर्षका पुरुषको भने उपचारका क्रममा मृत्यु भएको छ। आक्रमणमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्।  

प्रहरीले अनुसन्धान थालेको छ।  

प्रकाशित: २० वैशाख २०८३ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App