२७ असार २०८३ शनिबार
image/svg+xml
खेल

विश्वकप लिग-२ : ओमानले नेपाललाई दियाे ३०६ रनको विशाल लक्ष्य

आईसीसी विश्वकप लिग-२ मा ओमानले नेपाललाई ३०६ रनको विशाल लक्ष्य दिएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो।

ओमानका कप्तान जतिन्द्र सिंह १३० रनमा पेभिलियन फर्किए। ९६ बल खेलेका उनले १५ चौका र ५ छक्का प्रहार गरे। ओमानका हम्मद मिर्जा ३० रन बनाएर आउट भए भने जितेन रमनान्दि ४३ रन बनाएर मैदानबाट बाहिरिए।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले २-२ विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित: १६ वैशाख २०८३ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App