१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति भएका छन्। 

यही वैशाख १० गतेको मन्त्रिपरिषद बैठकले प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजंग बस्नेतलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो।

प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आज आयोजित समारोहमा उनीहरूलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कार्यक्रममा सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्दहरूको परिवारजनको उपस्थिति थियो।

प्रकाशित: १६ वैशाख २०८३ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App