स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको ग्रान्ड ब्वाइज होस्टेललाई रु एक लाख जरिवाना गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुर गरेको पाइएकाले जरिवाना गरिएको विभागले जनाएको छ।
ललितपुर सातदोबाटोको सिद्धि विनायक श्री गणेश स्टोर र काठमाडौं खरिबोटको कालिञ्चोक सप्लायर्सलाई सरकारले तोकेको ग्यास वितरणसम्बन्धी मापदण्डको पालना गर्दै समानुपातिक तवरले खाना पकाउने ग्यास वितरण गर्न निर्देशन निर्देशन दिइएको छ।
विभागले विभिन्न आठ व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको थियो। अधिकांश फर्मलाई विभागले व्यवसायसँग सम्बन्धित कागजात राख्न, बिल बिजक अनिवार्य लागू गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले उद्योग, फर्महरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक कारबाही गरिएको स्पष्ट पारिएको छ।
प्रकाशित: १४ श्रावण २०८३ ०८:२० बिहीबार





