७ आश्विन २०८१ सोमबार
image/svg+xml

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ। ९४ वर्षको उमेरमा मेडिसिटी अस्तालमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो।

पितृको स्मृतिमा मन्दिरमा संरचना निर्माण

गुल्मीको मुसिकोट नगरपालिकास्थित एक मन्दिरमा केही दाताले आफ्ना पितृको सम्झनामा लाखौं रकम बराबरको भौतिक संरचना निर्माणमा लगाएका छन्।

व्यावसायिक मापदण्ड पालना नगरे जरिवाना

अनुगमन समितिले ताप्लेजुङका व्यवसायीलाई व्यावसायिक मापदण्ड पालना नगरे हुनसक्ने दण्ड र जरिवानाबारे सचेत गराएको छ।

बजार अनुगमनमा संसदीय समिति उदासीन

चाडपर्वमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी, अखाद्य वस्तुको बिक्री–वितरण नियन्त्रण गर्ने काम सरकारको भए पनि संसदीय समितिले यसबारे अनुगमन र निगरानी गर्न सकेनन् ।

छातीमा जमरा उमार्दै सापकोटा

दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ। ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ।

‘होटलका कोठा अपराधस्थल नबनून्’

वडा प्रहरी कार्यालय, बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले होटलका कोठा अपराधस्थल बन्न नदिन होटल व्यवसायीहरूलाई आग्रह गरेका छन्।

उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति बिस्तार

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले महिला उद्यमी विकास समिति बिस्तार गरेको छ।

टेरामक्स परियोजनाकाे सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन

सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ।

राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ।

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। कपिलवस्तु प्रहरीले यात्रुको बढी आवतजावत हुने क्षेत्र सीमानाका बजारमा तीन र अन्य चार स्थानमा कक्ष स्थापना गरेको हो।

संक्रमणकालीन न्याय: अझै टुंगिएन मुख्य विषय

हिंसात्मक आन्दोलन छाडेर माओवादी शान्तिप्रक्रियामा आएको दुई दशक बित्न लाग्दा पनि प्रमुख राजनीतिक दलको ‘इगो’का कारण संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषय अलपत्र परेको हो ।

एमाले मधेस प्रदेश अधिवेशन आज, अध्यक्ष ओली जनकपुर आउँदै

नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन्।

इजरायलमा निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ।

तीन संसदीय समितिको बैठक बस्दै

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केहीबेरमा बस्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्