५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ।  

जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केहीबेरमा बस्नेछ। बैठकमा इजरायलमा रहेका नेपालीहरूको अवस्था सम्बन्धमा छलफल हुनेछ।

यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यसायी महासंघबाट प्राप्त निवेदनका सम्बन्धमा वन तथा वातावरणमन्त्री, सचिव र खानी तथा भू–गर्भ विभागका पदाधिकारीहरूसँग छलफल हुनेछ।

त्यस्तै दिउँसो २ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ।  

त्यस्तै सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ।

प्रकाशित: २३ आश्विन २०८० ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App