२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले मधेस प्रदेश अधिवेशन आज, अध्यक्ष ओली जनकपुर आउँदै

नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन्।

उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको बताए। 

अधिवेशनले एक हजार २१ जना प्रतिनिधिले पाँच पदाधिकारीसहित २ सय ३५ सदस्यीय नयाँ प्रदेश कमिटी निर्वाचित गर्नेछ। एमाले मधेश प्रदेशको अध्यक्षका लागि राजनारायण साह, चन्देश्वर मण्डल, लक्ष्मीनारायण यादव, बिचारी यादव र रेवती पन्तको नाम चर्चामा रहेको छ।  

दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली आज जनकपुर आउँदैछन्। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पनि जनकपुर आउने कार्यक्रम रहेको छ।

अधिवेशन व्यवस्थापनका निमित्त एमालेले एक सय ५ जना स्यमंसेवक खटाउने भएको छ। प्रदेशको आठ वटै जिल्लाबाट एक हजार २७ प्रतिनिधि सहभागी हुनेछन्।  

प्रकाशित: २४ आश्विन २०८० ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App