२ माघ २०८१ बुधबार
image/svg+xml

७ बुँदे सहमतिपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ओपिडी सुचारु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु अस्पताल प्रशासनसँग सात बुँदे सहमति गरेर काममा फर्किएका छन् । चिकित्सकलाई हातपात गरेको आरोप लागेका एक व्यक्ति पक्राउ परेपछि मंगलबार बिहान अस्पताल प्रशासन र जुनियर रेजिडेन्स वेल्फेयर सोसाइटी, मेडिकल एण्ड डेन्टल फ्याकल्टी सोसाइटीबीच भएको छलफलमा सहमति भई अस्पतालमा ओपिडी सेवा सुचारु भएको हो ।

बारबरा शान्ति प्रतिष्ठानद्वारा सर्लाहीको दलित बस्तीमा राहत वितरण

बारबरा शान्ति प्रतिष्ठान नेपालले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा सर्लाहीको सिसौटका बाढी डुबानमा परेका चमार, डोम र मुस्लिम समुदायका १ सय १३ परिवारलाई राहत वितरण गरेको छ।

लौकाहा बासीलाई संजय स्मृती प्रतिष्ठानको राहत

संजय स्मृती प्रतिष्ठानले रौतहटको दुर्गम गाउँ लौकाहामा बाढी पीडितलाई राहत साम्रगी वितरण गरेको छ। स्थानीय प्रशासनको सहयोगमा प्रतिष्ठानले करिब ३० भन्दा बढी घरपरिवारलाई राहत साम्रगी वितरण गरेको हो।

टिइपिसीलाई प्रतिष्ठानमा बदल्नेबारे अध्ययन कार्यदलले प्रतिवेदन बुझायाे

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र(टिइपिसी)लाई व्यापार प्रवर्धन प्रतिष्ठानमा रूपान्तरण गर्न अावश्यक अध्ययनका लागि गठित कार्यदले अध्ययन प्रतिबेदन वाणिज्यमन्त्री राेमी गाैचन थकालीलार्इ बुझाएकाे छ।

पाइलट दिनेशको नाममा प्रतिष्ठान

गत वर्ष भएको काष्ठमण्डप एयर दुर्घटनामा परी ज्यान गुमाएका काष्ठमण्डप एयरका क्याप्टेन दिनेश न्यौपानेको नामा प्रतिष्ठान स्थापना भएको छ ।

हिमालय टाइम्स प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन

नेपाल पत्रकार महासंघ हिमालय टाइम्स शाखा प्रतिष्ठानमा नयाँ कार्यसमिचि चयन गरिएको छ। महासंघका केन्द्रीय सदस्य सुरज आचार्यको उपस्थितिमा सोमबार सम्पन्न अधिवेशनले दीपक बरालको अध्यक्षतामा नयाँ कार्यसमित निर्विरोध चयन गरेको हो।

ललितकला प्रज्ञा-प्रतिष्ठानमा शीतयुद्ध

ललितकला प्रज्ञा-प्रतिष्ठान गठनका लागि कलाकारले चुनौतीपूर्ण स्थितिको सामना गर्नुपरेको इतिहास छ। स्वतन्त्र ललितकला प्रज्ञा–प्रतिष्ठानको माग राखी आन्दोलन गर्दै जाँदा यो स्थापना भएको हो। यसको आवश्यकता महसुस सरकारलाई होइन कि स्वयं कलाकारलाई भएको हो, जसलाई प्राज्ञ पदाधिकारीले बुझ्न जरुरी छ।

राष्ट्रिय आयुर्वेद प्रतिष्ठान ऐन बनाउन सुझाब

सरकारले आयुर्वेद चिकित्सा क्षेत्र भएका समस्या पहिचान गरी नीतिगत व्यवस्थापन गर्ने विषयमा सुझाब दिन गठन भएको कार्यदलले राष्ट्रिय आयुर्वेद प्रतिष्ठान ऐन बनाउन सुझाब दिएको छ।

तीन स्वास्थय विज्ञान प्रतिष्ठान उपकुलपतिमा ३/३ उम्मेद्वारकाे टुङ्गाे

तीन स्वास्थ्य प्रतिष्ठानमा रिक्त उपकुलपति छनोट गर्न गठित सर्च कमिटीले प्रत्येक प्रतिष्ठानका लागि तीन/तीन जना उमेदवारको नाम टुङ्गो लगाइएको छ।

आदिवासी जनजाति प्रतिष्ठान खारेज नगर्न खबरदारी

नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ। महासंघले आइतबार काठमाडौंंमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातिलाई सहयोग गर्ने एकमात्र सरकारी निकायको रुपमा रहेको प्रतिष्ठान खारेज गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

यम बुद्धको शव नेपाल ल्याइयो, अन्तिम श्रद्धाञ्जलीको लागि प्रज्ञा प्रतिष्ठानमा

चर्चित र्‍यापर यम बुद्धको शव नेपाल ल्याइएको छ। अपरान्ह ३: ४१ मा इत्तेहाद एयरलाइन्सबाट उनको पार्थिक शरीर काठमाडौं ल्याइएको हो।

तीन प्रतिष्ठानका उपकुलपतिका लागि ३० को दरखास्त

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति बन्न पहिलो पटक आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन्।

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान प्रवेश परीक्षाकाे नतिजा बदर

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा विवादित बनेको एमबिबिएस प्रवेश परीक्षा दिएका सबै विद्यार्थी फेरि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान प्रवेश परीक्षा ‘नतिजामा धाँधली’

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनअन्तर्गत चिकित्साशास्त्र स्नातक (एमबीबीएस) तहमा भर्नाका लागि विद्यार्थी छनोट प्रक्रियामा धाँधली भएको रहस्य खुलेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजाबारे छानबिन जारी

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्कूल अफ मेडिसिन अन्र्तगतको एमबिबिएस कार्यक्रम सातौ समूह २०७३/७४ को प्रवेश परीक्षाको नतिजा प्रकाशनमा लार्पवाहि गरेको पाइएको छ। मंसिर १५ गते नतिजा प्रकाशन गर्दा विद्यार्थीको रोल नम्बर उत्तरपुस्तिकाको कोड नम्बरसँग नमिलेपछि कोडिङ डिकोडिङमा प्राविधिक समस्या देखाउँदै मंसिर १८ गते विहान प्रतिष्ठानले पुनः नतिजा सार्वजनिक गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्