३ माघ २०८१ बिहीबार
image/svg+xml

भाषा विवादमा बोल्यो प्रज्ञाप्रतिष्ठान

नेपाली भाषाको वर्णविन्यास र हिज्जेबारे उत्पन्न विवाद संसदमा पुगिसकेको छ। सांसदहरुले नै कुन सही हो भनेर तय गर्न सरकारसँग माग गरे। नेपाली भाषा बिगार्ने गरी सरकारबाट भएको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दुईवटा रिट परिसकेका छन्।

मनमोहन प्रतिष्ठान विधेयक फिर्ता

सरकारले प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले बिहीबार संसद् समितिमा विचाराधीन विधेयक फिर्ता लिने निर्णय गरेको हो।

बिपी प्रतिष्ठानमा मनपरी भर्ना

सरकार मातहतको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोस्ट ग्य्राजुएट (पिजी) विद्यार्थी भर्नामा मनपरी गर्ने गरेको पाइएको छ। सरकारले पिजी निःशुल्क गरेपछि गत वर्ष बनाएको कार्यविधिअनुसार भर्ना नगरी आफूअनुकूल निर्णय गर्न सिनेटबाट बाटो खोलेको पाइएको हो।

नेताको नामका प्रतिष्ठान नियन्त्रण गर्न माग

नेकपा एमालेका नेताहरूले दिवंगत नेताको नाममा सञ्चालित प्रतिष्ठानमार्फत पार्टीभित्र गुटबन्दी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन्। पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले गुटबन्दी अन्त्य गर्न प्रतिष्ठानमाथि नियन्त्रण गर्नुपर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्