२८ पुस २०८१ आइतबार
image/svg+xml

अक्सिजन दिन नसकेको भन्दै उपप्रमुखसहित वडाध्यक्षले मागे माफी

नगरमा कोरोना संक्रमितको वृद्धिसँगै गम्भिर प्रकृतिका बिरामीको संख्या पनि बढेपछि वडा नं. १ का सुरज खड्का, २ का राम थापामगर, ३ का प्रेमबहादुर कुटु, ४ का कुमार श्रेष्ठ, ६ का ईन्द्रबहादुर प्रजापति र ९ का रामकाजी चक्रधरको गत बैशाख २७ गते बसेको संयुक्त बैठकले बोडे आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजनको व्यवस्थाका लागि ९० लाख रुपैंया छुट्याउने निर्णय गरेको थियो।

जुम्ला अस्पताल: दुई सातामा तीन जना संक्रमितको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ। कालिकोट तिलागुफा नगरपालिकाका ८० वर्षीय एक संक्रमितको बिहान मृत्यु भएको हो।

वीपी प्रतिष्ठानमा धनकुटा र मोरङका संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप २ जना कोरोना संक्रमितको निधन भएको छ। निधन हुनेमा धनकुटा र मोरङका दुई जना वृद्ध रहेको प्रतिष्ठानले जनाएको छ।

वीपीका स्टाफ नर्सहरूको गुनासोः गत वर्षकै जोखिम भत्ता पाएनौं

‘हामीले काम नगर्ने भनेको होइन, तर जोखिम मोलेर खटिएपछि पाउनुपर्ने सुविधा किन अहिलेसम्म नदिएको हो ? सबैलाई एकरूपता हुनुपर्नेमा कसैले थोरै पाए, मैले त अहिलेसम्म पाएकै छैन,’ उनले भनिन्।

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ।

कर्णाली प्रतिष्ठानमा विशेषज्ञ सेवा थप

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातिरोग विशेषज्ञ सेवा, स्नायुरोग विशेषज्ञ सेवा, नाक, कान, घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको हो । कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराइले प्रेस नोट जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप चारवटा विशेषज्ञ सेवा सञ्चालन गरेको जानकारी गराएका हुन ।

वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको न्युरो सर्जरी सम्पन्न

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक जना कोरोना संक्रमितको न्युरो सर्जरी भएको छ।

वीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार सुनसरीको धरान र सप्तरीको कञ्चनपुरका संक्रमितको निधन भएको हो।

वीपी प्रतिष्ठानमा तीन जना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। मृत्यु हुनेमा मोरङका दुई जना र उदयपुरका एक जना छन्।

वीपी प्रतिष्ठानमा दुई संक्रमित महिलाको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप २ जना कोरोना संक्रमित महिलाको निधन भएको छ।

उपकुलपति भण्डारीकाे प्रश्नः अक्सिजन छैन, बेड मात्रै भएर के काम ?

जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्य रोगका बिरामीको उपचारसंगै कोरोनाका बिरामीहरुको समेत उपचार गर्दै आईरहेको छ । तीन दर्जन बढी कोरोनाका बिरामीको उपचार गरिरहेको प्रतिष्ठानसंग आफ्नै अक्सिजन प्लान्ट छैन । फलतः कोरोना संक्रमितहरुको उपचारमा असहज भैरहेको छ ।

जुम्लामा कोरोना संक्रमित थपिँदै, अधिकांश संक्रमित घरमै

जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांश संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा छन्।

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा सकस

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो। तर प्लान्टबाट सिँधै १ सय ५० बेडमा अक्सिजन पुगिरहेको प्रतिष्ठानले जनाएको छ।

व्यवसायि रानाद्वारा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई २५ सिलिण्डर अक्सिजन सहयोग

निर्माण व्यवसायि महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन उपलब्ध गराएका छनन्। उनले २५ सिलिण्डर अक्सिजन खरिद गरेर प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन्।

वीपी प्रतिष्ठानमा थप ३ जना संक्रमितको निधन

प्रतिष्ठानका अनुसार मत्यु हुनेमा तीनै जना पुरुष हुन्। ती मध्ये एक जना मोरङका हुन् भने २ जना सुनसरीका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्