७ वैशाख २०८१ शुक्रबार
समाज

जुम्ला अस्पताल: दुई सातामा तीन जना संक्रमितको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ। कालिकोट तिलागुफा नगरपालिकाका ८० वर्षीय एक संक्रमितको बिहान मृत्यु भएको हो।  

कोभिड अस्पताल कालिकोटमा अक्सिजन अभाव भएपछि निज संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको थियो। कर्णाली अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

यसै साता सुर्खेत घर भई कालिकोटमा व्यवसाय चलाउँदै आएका ३८ वर्षीय एक युवकको मृत्यु भएको थियो। भने अघिल्लो साता कालिकोट तिला गुफा नगरपालिकाका ६७ वर्षीय संक्रमितको मृत्यु भयो। यो संगै जुम्ला अस्पतालमा दुई साताभित्र तीन जना संक्रमितको मृत्यु भएको हो।

कोरोना संक्रमण भएर गम्भीर बिरामी परेका उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरेर भेन्टिलेटरमा उपचार भइराखेको थियो।

अहिले एक जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइराखेको उनले जानकारी दिए।  

प्रवक्ता भट्टराईले जुम्ला अस्पतालमा उपचार गराइरहेका संक्रमितको मृत्यु हुने क्रम जारी रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न जुम्लावासीलाई आग्रह गरे।  

उक्त शव नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई हस्तान्तरण गरिसकिएको अस्पतालले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०७८ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App