नुवाकोटमा गोरु जुधाई प्रतिस्पर्धा
मकरसङ्क्रान्ति पर्वका अवसरमा बिहीबार नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाई प्रदर्शनी गरेर मनाइएको छ। बिहीबारका दिन विभिन्न स्थानमा विभिन्न इतिहास र किंवदन्तीसँग जोडेर गोरु जुधाई प्रदर्शनीसहित सांस्कृतिक गतिविधिका साथ मकरसङ्क्रान्ति पर्व मनाइएको हो।

