२३ वर्षपछि पोखरामा बाघजात्रा निकालिने
पोखरा सांस्कृतिक सहर हो। यहाँ विभिन्न जातजातिको आ–आफ्नै संस्कार संस्कृति छन्। संस्कृति र संस्कार अनुसार विभिन्न सांस्कृतिक कार्यक्रम पोखरामा भई नै रहेका हुन्छन्। पोखरामा गाईजात्रा, माघेजात्रा, भैरव जात्रा लगायतका जात्राहरु हुने गरेका छन्। त्यसैले पोखरालाई जात्रैजात्राको सहर भनेर पनि बुढापाकाले भन्ने गरेका छन्। तिनै जात्रा मध्येको एउटा बाघजात्रा पनि हो।