१ हजार ८ सय ७५ मा कोरोना संक्रमण, २९ जनाको मृत्यु
मन्त्रालयले सो अवधिमा ५ हजार ३ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय १८ जना र ५ हजार १ सय ३० जनाको एन्टिजेन परीक्षणबाट ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै सो अवधिमा २९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।