११ मंसिर २०८१ मंगलबार
image/svg+xml

आर्थिक वृद्धिको नसुल्झेको रहस्य

अन्तर्राष्ट्रिय व्यापारमा भएको ७२० अर्बको घाटा जबसम्म सन्तुलित बन्दैन, जस्तोसुकै आर्थिक नीति अवलम्बन गरे पनि आशातीत आर्थिक वृद्धि हासिल हुँदैन।

पति विदेशमा भएकी महिलाको रहस्यमय मृत्यु

महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

३३ किलो सुन प्रकरण थप रहस्यमय बन्दै, एसएसपी श्याम खत्री पक्राउ

केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले एसएसपी श्याम खात्रीलाई पक्राउ गरेको छ। अबैध साडे ३३ किलो सुन प्रकरणमा आरोपी देखिए पछि उनलाई ब्युरोले अन्सन्धानको लागि पक्राउ गरेको हो।

मलेसियामा नेपालीको रहस्यमय मृत्यु

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ।

युवा संघ केन्द्रीय सदस्य बुढाथोकीमाथि भएकाे अाक्रमणकाे रहस्य

प्रहरीको अनुसन्धानमा बुढाथोकीलाई राजनैतिक आवरणभन्दा व्यक्तिगत रिसिवीका आधारमा ज्यान लिने मनसायले खुकुरी प्रहार भएको देखिएकाे छ। उनको टाउको नै छिन्ने मनसयाले खुकुरी प्रहार भएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ। घटना अघि बुढाथोकी, खुकुरी प्रहार गर्ने मल्ललगायत पक्राउ परेका अधिकांश बफ एण्ड हट कटेजमा बसेर नास्ता र मदिरा सेवन गरेका थिए।

युवाको ‘रहस्यमय मृत्यु’ मा कमजोर अनुसन्धान

अंग्रेजी नयाँ बर्षको पहिलो दिन आइतबार अबेर राति जिल्ला प्रहरी कार्यालय अगाडि २६ बर्षीय एक युवकको रहस्यमय मृत्यु भयो। तीन दिन बितिसक्दा पनि प्रहरीले ‘हत्या वा आत्महत्या’ भन्ने प्रष्ट हुन नसकेको बताएको छ।

बोक्सी आरोपमा मलमुत्र खुवाएको घटनामा मिलापत्र, अर्को दिन महिलाको रहस्यमय मृत्यु

काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ ।

रहस्यमय बन्दै बहुमूल्य मूर्ति चोरी

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट मंसिर ११ गते राति हराएका भनिएका बहुमूल्य र पुरातात्विक महत्वका २८ मूर्तिमध्ये सातवटा फेला परेका छन्। घटनालगत्तै स्थानीय प्रहरीले उठाएको मुचुल्कामा २८ वटा मूर्ति चोरिएको उल्लेख छ। सो मुचुल्कामा ६ सय १ सालमा बनेको दत्तात्रयसहितका २८ मूर्ति हराएको देखाइएको छ।

फिडेल क्यास्ट्रो जो सँधै रहस्यमा रहे, उनका दुर्लभ तस्बिर

क्युवाका क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ। उनी दोस्रो विश्व युद्ध पछि विश्वमा सबैको चासो र रहस्यका नेताको रुपमा रहे। विद्रोह मार्फत उनले १९५९ मा शक्ति हत्याएका थिए। क्युवाका तानाशाह फुलखेंसियो बविस्तालाई सत्ताबाट हयाएर फिडेल क्यास्ट्रोले क्युबामा कम्युनिष्ट सत्ता स्थापना गरेका थिए।

अन्तरजातीय विवाहले निम्त्याएको रहस्यमय मृत्यु

अन्तरजातीय विवाहका कारण पारिवारिक तनाव झेल्दै आएकी पाल्पा हेक्लाङ–६ की विनु पुलामीको हत्या भएको शंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। गत दशैंदेखि हराइरहेकी पुलामीको चार वर्षअघि अन्तरजातीय विवाह भएको थियो।

रेडपन्डा हराए, भेटिए नौला रहस्य

सात वर्षअघि मनाङको धारापानी र १२ वर्षअघि त्यहीँको ठोचेस्थित बा“सघारीमा धेरै संख्यामा रेडपान्डा देखिएका थिए। यही सूचना पछ्याउँदै गत जेठमा जीवशास्त्रीको समूह अध्ययननिम्ति त्यहा“ पुग्यो। त्यो टोलीले संसारकै अति दुर्लभ र संवेदनशील यो जीव देख्नु त परै, संकेतसम्म फेला पारेन।

पत्नीको रहस्यमय मृत्यु, हत्या शङ्कामा पति पक्राउ

कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रबार मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

रहस्यलोक तिब्बत

राजाले देवनागरी वर्णमालाको आधारमा तिब्बती वर्णमाला संयोजन गर्ने कार्य गराए। यसबाट भारतमा संस्कृतमा भएका धेरै बौद्धग्रन्थहरू तिब्बती भाषामा अनुवाद गर्ने पवित्रकार्यको सुरुआत भयो। तिब्बतले यो ऐतिहासिक कार्य आफ्नै बुतामा उत्साहजनकरूपले गरेको देखिन्छ। तिब्बतको चारपटक यात्रा गरेका भारतका घुमक्कड विद्वान् राहुल सांकृत्यायनले तिब्बतका गुम्बाहरूमा भारतमा पनि उपलब्ध हुन नसकेका ग्रन्थहरू मिलेको लेखेका छन्।

दाहालले खाेले सरकार फेर्नुकाे रहस्य !

केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठनको तयारी गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको रहस्य खोलेका छन्। शनिबार कांग्रेस–माओवादी–मधेसी मोर्चाको संयुक्त बैठकमा दाहालले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको रहस्य खोलेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्