१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

युवाको ‘रहस्यमय मृत्यु’ मा कमजोर अनुसन्धान

जनकपुर–अंग्रेजी नयाँ बर्षको पहिलो दिन आइतबार अबेर राति जिल्ला प्रहरी कार्यालय अगाडि २६ बर्षीय एक युवकको रहस्यमय मृत्यु भयो। तीन दिन बितिसक्दा पनि प्रहरीले ‘हत्या वा आत्महत्या’ भन्ने प्रष्ट हुन नसकेको बताएको छ।

गणेशमान चारनाथ नगरपालिका–१, भरतपुर घर भई जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय अगाडि डेरागरी बस्दै आएका उमेशलाल यादव आफ्नै डेराभएको दुई तल्ले घरको छतबाट भुँइमा पछारिएको अवस्थामा मृत भेटिएका थिए।

उमेशसंग केही बर्ष पहिलेदेखि नजिक सम्बन्धमा रहेकी एक महिला र उनका पति घटनापछि फरार छन्। प्रहरीले घटनामा उनीहरुको संलग्नताबारे पनि अनुसन्धान सुरु गरेको जनाएको छ।

घटनामा संलग्न शंकामा केही व्यक्ति पक्राउ परेका थिए। तर उनीहरुको वयानबारे प्रहरीले केही खुलाएको छैन। एसपी लालमणि आचार्यले अनुसन्धान भैरहेको तर कुनै निष्कर्शमा नपुगेको बताए।

एसपी आचार्यका अनुसार मृतकको टाउकोमा धारिलो हतियारले काटिएको थियो।

उमेशसंग केही बर्ष पहिलेदेखि नजिक सम्बन्धमा रहेकी एक महिला र उनका पति घटनापछि फरार छन्। प्रहरीले घटनामा उनीहरुको संलग्नताबारे पनि अनुसन्धान सुरु गरेको जनाएको छ।

पति बैदेशिक रोजगारमा रहेका बेला ति महिलासंग उमेशको सम्बन्ध रहेको स्थानीयले खुलाएका छन्। बिदेशबाट फर्केका पति र ति महिला अहिले फरार छन्।

प्रकाशित: १९ पुस २०७३ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App