११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बोक्सी आरोपमा मलमुत्र खुवाएको घटनामा मिलापत्र, अर्को दिन महिलाको रहस्यमय मृत्यु

बनेपा-काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ ।

उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयवासीको रोहवरमा मिलापत्र भएको भोलिपल्ट नै परियारको शव घर बाहिर फेला परेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । प्रहरी चौकी चौबासमा कुटपिटको विषयमा मिलापत्र भएको थियो ।

‘घटना कसरी भयो, यसको विस्तृत अनुसन्धान थालिसकेका छाैं,’ प्रहरी उपरीक्षक थापाले भने – ‘उनलाई स्थानीयले बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेका थिए।’ रासस

प्रकाशित: २४ मंसिर २०७३ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App