८ वैशाख २०८१ शनिबार

कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छः काेइराला

नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।

राठौरलाई उम्मेदवार बनाउन संस्थापन निकट बाँके र बर्दियाका नेता कार्यकर्ताको दवाव

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेता किशोरसिंह राठौरलाई सह-महामन्त्री पदमा उम्मेदवार बनाउन संस्थापन (देउवा)पक्ष निकट बाँके र बर्दियाका नेता कार्यकर्ताले नेतृत्वलाई दवाव दिएका छन्।

कांग्रेस महाधिवेशनः उम्मेदवारी मनोनयन प्रक्रिया सुरु

संयोजक घिमिरेले निर्वाचनको समयतालिकाभित्रै सम्पूर्ण प्रक्रिया सकिने विश्वास व्यक्त गरे। उनकाअनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ।

यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ।

कांग्रेस महाधिवेशनः पौडेल, प्रचण्ड, नेपालसहित शीर्ष नेताहरु पुगे मञ्चमा

नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उद्घाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन्।

सहमहामन्त्रीमा भिड्दै अजय चौरसिया

नेपाली काँग्रेसको मधेशका प्रभावशाली नेता अजय चौरसियाले पार्टीको १४ औं महाधिवेशनमा आफू सहमहामन्त्रीको उम्मेदवार बन्ने बताएका छन्। नेपाली काँग्रेसको वर्तमान केन्द्रीय सदस्य तथा तराई मधेस विभागका प्रमुख रहेका चौरसिया आगामी केन्द्रीय समितिमा मधेसी कलस्टरबाट सहमहामन्त्रीका लागि ‘टिममा छलफल बढाइसकेको’ जानकारी दिए।

कांग्रेस केन्द्रीय सदस्यमा बाँकेबाट पाँच जना आकांक्षी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि बाँकेबाट ५ जना आकांक्षी देखिएका छन्। संस्थापन(देउवा) पक्षबाट ४ र संस्थापन इतर (कोइराला पौडेल) पक्षबाट एक जनाले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका हुन्।

लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन्। संस्थापनइतर पक्षका नेता पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पारजित गरेका हुन्।

नेपाली कांग्रेस निर्वाचनः बागमती प्रदेशको नेतृत्वका लागि आज मतदान हुँदै

प्रदेश सभापतिका लागि हेटौँडाका इन्द्र बानियाँ, नुवाकोटका जगदिश्वर नरसिहं केसी र काठमाडौँका भिमसेनदान प्रधानले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए।

कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशनः खाँण र गिरीबीच ‘बिरासत’ हाँक्ने लडाइँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम लुम्बिनी प्रदेश स्तरीय महाधिवेशन अन्तर्गत शनिबार भैरहवामा मतदान हुँदैछ। संस्थापन समूह र संस्थापन ईतर समूह प्रदेशको नेतृत्व लिनका लागि भरपुर कसरतमा छन्।

लुम्बिनीमा देउवा पक्षबाट भरत शाह र पौडेल पक्षबाट अमर पुन चुनावी मैदानमा

नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै प्यानल बनाइ चुनावी मैदानमा उत्रेका छन्।

कांग्रेसको जिल्ला निर्वाचन स्थगित हुँदा कार्यकर्ता अन्याेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन स्थगित भएपछि नेता, कार्यकर्तामा अन्याेलता छाएको छ।

जेठो पार्टीकी कान्छी महाधिवेशन प्रतिनिधि

१९ वर्षको उमेर। यो उमेर अध्ययनमा केन्द्रित हुने र व्यवहारिक ज्ञान आर्जन गर्ने समय हो। तर सानैमा गह्रुंगो जिम्मेवारी पाएकी छिन् उनले। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला लगायत हजुरबुबा उमेरका नेताहरुलाई नेतृत्व छान्ने कार्यभार कलिलैमा उनको काँधमा आएको छ।

काँग्रेसको क्षेत्रीय सभापतिमा क्रमशः खगेन्द्र र रामकुमार

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि मंगलबार सम्पन्न संघीय निर्वाचन क्षेत्रीयस्तरको चुनावमा दुवै क्षेत्रमा संस्थापन पक्षीय खेमाले प्यानलै जितेको छ। निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ मा रामकुमार राईले प्यानलसहित सभापति जितेका छन्।

बाँकेका तीन वटा प्रतिनिधि सभा क्षेत्रमा मतदान

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका प्रतिनिधि सभा क्षेत्रमा बुधबार(आज) मतदान चलिरहेको छ। क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा फरक फरक समयमा मतदान सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्