२० वैशाख २०८१ बिहीबार
image/svg+xml

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

बाँकेका ६ वटा प्रदेश सभा क्षेत्रमा आज उम्मेदवारी मनोनयन

बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने तालिका बने पनि कोहलपुर र राप्ती सोनारीको मत गणना समयमा नसकिएको र परिणाम आउन ढिला भएकाले यस कार्यक्रमलाई केही असर पर्ने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए।

बाँकेका आठ मध्ये पाँच पालिकामा कांग्रेसको संस्थापन पक्षको जित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर( कोइराला/पौडेल) पक्षले जितेको छ।

कांग्रेस कोहलपुर नगर निर्वाचनमा कुटाकुट

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदान स्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद कुटाकुटमा परिणत भएको छ।

बाँकेका ८१ वटै वडामा सुरु गरियो निर्वाचन कार्यक्रम

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ वटै वडामा आज (शनिबार) औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु भएको छ।

कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्दै

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ।

कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ।

कांग्रेस निर्वाचनको माहोल तात्यो, वडामा खटिए मतदान अधिकृत

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा निर्वाचनको महोल तात्तेको छ। निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस नेता, कार्यकर्ताहरु भोट माग्न क्रियाशील सदस्यका घर घरमा पुगिरहेका छन्। बाँकेमा आइतबार ८१ वटै वडामा निर्वाचन सम्पन्न हुँदैछ। उक्त निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शुक्रबार नै खटाइएको छ।

महाधिवेशनको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोईराला

महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले बताए। उनले भने, “छलफल भइरहेको छ। संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ।”

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएकी छिन् ।

कांग्रेस १४ औँ महाधिवेशन : दिप्रुङ चुइचुम्माको अधिवेशन आज

नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १० पालिकामध्ये चारमा सर्वसम्मत, पाँचमा निर्वाचन मार्फत नेतृत्व चयन भएका छन् भने एक पालिकामा निर्वाचन स्थगन भएको छ।

अधिवेशन अन्यौलताले बाँकेका कांग्रेस कार्यकर्ता निराश

केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि अहिलेसम्म कुनै सुरसार छैन।

नगर सभापतिमा तीनजनाको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छ । वडाबाट नेतृत्व चयन भईसकेको छ । क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । अब वडाबाट नगर तर्फ अधिवेशन उन्मुख छ । नगरको सभापति बन्ने धुनमा दुई वडाध्यक्षले उम्मेदवारीको घोषणा गरेका छन् ।

काँग्रेसको १४औँ महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने, यस्तो छ तालिका

क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका भदौ २ गतेभित्र बुझाउने, भदौ १८ गते वडा अधिवेशन गर्ने, भदौ २७ गते गाउँ तथा नगरपालिका अधिवेशन गर्ने र असोज १ गते प्रदेश क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

कांग्रेसले १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने

नेपाली कांग्रेस केन्द्रीय कमिटीको बिहीबारदेखि सुरु भएको बैठकले परिवर्तित कार्यतालिक ल्याउने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्