४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस १४ औँ महाधिवेशन : दिप्रुङ चुइचुम्माको अधिवेशन आज

नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १० पालिकामध्ये चारमा सर्वसम्मत, पाँचमा निर्वाचन मार्फत नेतृत्व चयन भएका छन् भने एक पालिकामा निर्वाचन स्थगन भएको छ।  

ऐसेलुखर्कमा सन्तवीर तामाङ, बराहपोखरीमा दीपक राई (खिलाराज), साकेलामा विजय गुरुङ र रावाबेँसी गाउँपालिकामा फटिककुमार श्रेष्ठ सर्वसम्मत सभापति पदमा चयन भएका कांग्रेस जिल्ला कार्यसमितिका सचिव ज्ञानेन्द्र जोशीले बताए। ती चार स्थानीय तहमा सहमतिमै नेतृत्व चयन गरिएको उनले जानकारी दिए।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढीमा प्रकाश श्रेष्ठ, हलेसी तुवाचुङमा चक्रकुमार राई, केपिलासगढीमा हेमन्त राई, जन्तेढुङ्गामा बाजिन्द्र विष्ट र खोटेहाङमा प्रेम थापा सभापतिमा निर्वाचित भएका छन्।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अधिवेशन भने विवादका कारण एक दिनपछि सारिएको जनाइएको छ। वडा नं १ याम्खाको वडा अधिवेशनको विषयलाई लिएर विवाद भएपछि शनिबारका लागि तय गरिएको गाउँपालिका अधिवेशन आज हुन लागेको हो।

प्रकाशित: १० आश्विन २०७८ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App