२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाँकेका आठ मध्ये पाँच पालिकामा कांग्रेसको संस्थापन पक्षको जित

नेपाली कांग्रेसको१४ औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर (कोइराला/पौडेल) पक्षले जितेको छ।

बाँकेका कुल ८ वटा पालिकामध्ये संस्थापन पक्षले नेपालगन्ज उपमहानगरपालिका तथा राप्ती सोनारी, बैजनाथ,खजुरा र जानकी गाउँपालिकामा जितेको हो।संस्थापन इतर पक्षले कोहलपुर,नरैनापुर र डुडुवा गाउँपालिकामा मात्र नेतृत्व लिन सफल भएको छ।

नेपालगन्ज उपमहानगरमा सभापति सहित संस्थापन पक्षको पूरै प्यानल निर्वाचित भयो। सभापतिमा प्रशान्त विष्टसहित पदाधिकारीमा सबै संस्थापन पक्षकै निर्वाचित भएका हुन्।विष्टले २ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला/पौडेल) पक्षकी उमा थापा मगरले ७६ र संस्थापन पक्षकै विनोद रिजालले ४१ मत प्राप्त गरे।

कोहलपुर नगर सभापतिमा संस्थापन इतर पक्षका विरेन्द्रकुमार शाहसहित पदाधिकारीमा सबै संस्थापन इतरकै निर्वाचित भएका छन्।निकटतम प्रतिस्पर्धी राजेन्द्रकुमार श्रेष्ठलाई शाहले १६ मत अन्तरले पराजित गरेका हुन्। शाहले १ सय ६० र श्रेष्ठले १ सय ४४ मत पाए।

राप्ती सोनारी गाउँपालिकामा संस्थापन(देउवा) पक्षका भिमबहादुर राना क्षेत्रीहित पदाधिकारीमा सबै संस्थापन पक्षकै निर्वाचित भए। राना क्षेत्रीले १ सय मत ल्याउँदा निकटतम प्रतिस्पर्धी संस्थापन इतरका तुलाराम खत्रीले ६९ मत प्राप्त गरे।

बैजनाथ गाउँपालिकामा पनि मतदान प्रक्रियाबाट संस्थापन पक्षकै देवबहादुर केसी(खत्री) निर्वाचित भएका छन्।खजुरा गाउँपालिका सभापतिमा रमेश सिंजालीसहित संस्थापन पक्षले नै वर्चस्व जमाएको छ।जानकी गाउँपालिका सभापतिमा दयाराम यादव(अहिर)सहित अधिकांश पदमा संस्थापन पक्षका निर्वाचित भएका छन्।

डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादवसहित अधिकांश पदमा संस्थापन इतर पक्ष निर्विरोध निर्वाचित भएको छ। नरैनापुर गाउँपालिका सभापतिमा संस्थापन इतरका मेराज अहमद खाँ र पदाधिकारीको केही पदमा संस्थापन पक्षका निर्विरोध भएका छन्।

कांग्रेसको पालिका तहको निर्वाचनमा नरैनापुर,डुडुवा, जानकी र खजुरा गाउँपालिकामा निर्विरोध चयन गरिएको हो भने नेपालगन्ज,कोहलपुर,राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा मतदान प्रक्रियामार्फत कार्यसमिति पदाधिकारी निर्वाचित गरिएको जिल्ला निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७८ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App