५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने

नेपाली कांग्रेस केन्द्रीय कमिटी बैठकले पार्टीको १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कमिटीको बिहीबारदेखि सुरु भएको बैठकले परिवर्तित कार्यतालिक ल्याउने भएको हो।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा सुरु भएको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले निर्माण गर्ने गरी प्रस्ताव पेश गरेका छन्।

केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। बैठकमा महामन्त्री खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेको र निर्देशिकाबारे छलफल गरी प्राप्त हुने राय, सुझाव बमोजिम बैठक सकिदा निर्देशिका पारित गरिने पनि प्रवक्ता शर्माले बताए।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण राखेको तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले यस अवधिमा गरेका कामको विषय राखेको पनि उनले जानकारी दिए। कांग्रेसको केन्द्रीय कमिटी बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल हुने उनको भनाइ छ।

प्रकाशित: २८ श्रावण २०७८ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App