२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेसको १४औँ महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने, यस्तो छ तालिका

नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो।  

जसअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका भदौ २ गतेभित्र बुझाउने, भदौ १८ गते वडा अधिवेशन गर्ने, भदौ २७ गते गाउँ तथा नगरपालिका अधिवेशन गर्ने र असोज १ गते प्रदेश  क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

बैठकले संघीय निर्वाचन  क्षेत्रको अधिवेशन असोज ५ गते, जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन असोज १२ गते, र केन्द्रीय अधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा गर्ने भएको छ।

प्रकाशित: ३० श्रावण २०७८ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App