११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने एमालेको निष्कर्ष

नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ।

एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए।

आन्दोलित कर्मचारी नै विभाजित

सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री भएन भन्दै आन्दोलनमा उत्रेका निजामती कर्मचारीहरू नै आन्दोलनको विषयमा विभाजित भएका छन्।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैले उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ।

आफूमाथि आक्रमणको प्रयास हुँदा सरकार मुकदर्शक बनेको ओलीको गुनासो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गरेका छन्।

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैनः योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन्।

एमालेले भन्यो: प्रधानमन्त्रीले अस्थिरतामाथि खेल्ने प्रयास गरे

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ।

उपनिर्वाचनले ठूला पार्टीलाई सुध्रिन सन्देश दिएको छ: माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले उपनिर्वाचनको देखाइएको मत परिणामले मुलधारका पार्टीहरलाई समयमै समिक्षा सहित सुध्रिन सन्देश दिएको बताएका छन्।

आयोग्य लडाकुलाई पैसा भन्दा रोजगारीको व्यवस्था गर्न एमाले सचिव भट्टराईको सुझाव

नेकपा एमालेका सचिव योगेश भट्टराईले आयोग्य लडाकुलाई पैसा भन्दा पनि रोजगारीको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।

अयोग्य लडाकुलाई दुई लाख बाड्ने सरकारको निर्णय तत्काल खारेज गर्न एमालेको माग

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन्।

मेची राजमार्गमा रुख ढालेर अध्यक्ष ओलीलाई अवरोध

बिहीबार ओली सूर्योदय नगरपालिकाबाट इलाम बजारको कार्यक्रममा जाँदै गर्दा प्रदर्शनकारीहरुले मेची राजमार्गको इलाम नगरपालिका-१० गोदक खण्डमा रुख ढालेर बाटो अवरुद्ध गरेका हुन्।

‘भारतले हेपाहा प्रवृत्ति देखायो’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्।

दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्छन्: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्