coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले भन्यो: प्रधानमन्त्रीले अस्थिरतामाथि खेल्ने प्रयास गरे

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो कुरा बताएको हो। पार्टीको तर्फबाट सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दिनप्रतिदिन आक्रमण बढी रहेको भन्दै अवाञ्छित गतिविधि प्रधानमन्त्री स्वयं संरक्षक बनेको बताए। 

उनले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतामाथि बारम्बार आक्रमण भइरहँदा पनि सुरक्षा प्रशासन मूकदर्शक बनेको बताए । उनले यस्ता अराजक गतिविधिलाई समयमा नै नसोच्ने हो भने विगतमा झैँ मनोमानी बढ्ने बताए । उनले समाज एक ढंगले अराजकतातिर  जाने स्थितिमा रहेको बताए।उपमहासचिव रिमालले अहिलेको अस्थिरताको कारक प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) नै रहेको दाबी गरे। 

प्रकाशित: १५ वैशाख २०८० १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App