२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेफ्री एपस्टीन प्रकरणमा बिल र हिलारी क्लिन्टन बयान दिन सहमत

जेफ्री एपस्टीन प्रकरणमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले संसदीय अनुसन्धानमा बयानदिन सहमति जनाएका छन्। केही दिनमै हाउस ओभरसाइट कमिटीअगाडि उपस्थित हुन अस्वीकार गरेमा क्लिन्टन दम्पतीलाई आपराधिक अवमानना को दोष लगाउने वा नलगाउने भन्ने विषयमा मतदान हुन लागेको थियो।

बिल क्लिन्टनको जेफ्री एपस्टीनसँग पहिचान थियो, जसको सन् २०१९ मा जेलमै मृत्यु भएको थियो। यद्यपि, क्लिन्टनले एपस्टीनका यौन अपराधबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन् र करिब २० वर्षअघि नै सम्पर्क तोडेको बताएका छन्।

रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको हाउस ओभरसाइट कमिटी ले गत महिना क्लिन्टन दम्पतीलाई अवमाननाको दोषी ठहर गर्ने प्रस्ताव पारित गरेको थियो, जसलाई केही डेमोक्रेट सांसदहरूको समर्थन पनि प्राप्त भएको थियो।

सोमबार साँझ क्लिन्टनका उप–चीफ अफ स्टाफ एन्जेल उरेनाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दुवै जना समिति अगाडि उपस्थित हुने पुष्टि गरेका हुन्। क्लिन्टन दम्पतीले यसअघि नै समितिलाई शपथपत्र बुझाइसकेको र एपस्टीन प्रकरणमा आफूहरूसँग रहेको ‘सीमित जानकारी’ उपलब्ध गराइसकेको बताएका छन्।

यो सन् १९८३ पछि पहिलो पटक हुनेछ, जब कुनै पूर्व अमेरिकी राष्ट्रपति ले कांग्रेसको कुनै समितिअगाडि बयान दिने छन्।

प्रकाशित: २० माघ २०८२ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App