नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले उपनिर्वाचनको देखाइएको मत परिणामले मुलधारका पार्टीहरलाई समयमै समिक्षा सहित सुध्रिन सन्देश दिएको बताएका छन्।
शुक्रबार जनकपुरधाममा समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। अध्यक्ष नेपालले चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले देशका मुख्य दललाई समयमै समिक्षा सहित सुध्रिन सन्देश दिएको बताए।
७७ वर्ष लागेका नेताहरु आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफू लगायत त्यस्ता सम्पुर्ण नेताहरुलाई पुस्तान्तरणका लागि आह्वान गरेका छन्। देशमा आर्थिक संकटकाबीच प्रचण्ड नेतृत्वको सरकारले जनयुद्वका अयोग्य लडाकुहरुलाई दुई दुई लाख दिने निर्णयको अध्यक्ष नेपालले विरोध गरेका छन्।
यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको बताउदै उनले भने, 'धेरै कुरा मलाई थाहा छैन यो निर्णय पहिलाकै हो कि नयाँ हो भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले यो विषयमा स्पष्ट पार्नुपर्छ।'
मोर्चाका लागि पनि छिट्टै पहल सुरु हुने उनले बताए। माओवादी र जसपासंग मात्र होइन बिप्लव समुह संग समेत कुराकानी भइरहेको बताउदै उनले कम्युनिष्ट आन्दोलन बचाउन मोर्चाको आवस्यकता रहेको बताए।
प्रकाशित: १५ वैशाख २०८० १२:४८ शुक्रबार