१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्छन्: अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन्।

मंगलवार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले दलहरुले आफ्ना कमी, कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका हुन्।

उनले जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरुले आफूलाई सुधार्नुपर्ने बताए। यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने उनको भनाइ छ।

उनले भने, ‘अवश्यपनि यसले केही सन्देश त दिएकै छ। प्रत्येक निर्वाचनले दिने परिणामको बारेमा विश्लेषण गर्नुपर्दछ। जनताको झुकावहरु कसैप्रति किन गइरहेको छ? कसैप्रति किन छैन भन्ने बारेमा राम्रो ढंगले विश्लेषण गरेर आफूमा के–के कमजोरी रहेका छन् त्यसलाई सुधार्ने दिशामा अगाडी बढ्नैपर्छ । गम्भिर चिन्तन मनन गर्नु आवश्यक छ। आफूमा भएका कमी कमजोरी सुधार्‍यो भने मात्रै जनताले विश्वास गर्छन्। होइन भने जनताले यथास्थितिमा कसैलाई पनि विश्वास गर्दैनन्। हुनत सबैको परीक्षाको घडी शुरु भएको छ। सबैले परीक्षामा पटक–पटक उर्तिण हुनुपर्छ। त्यसमा सबैको ध्यान जाओस्।’

प्रकाशित: १२ वैशाख २०८० १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App