३ असार २०८१ सोमबार
image/svg+xml
समाज

मार्सल आर्ट महासंघको तेस्रो अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ।

काठमाडौंकाे चाबहिलस्थित स्मार्ट प्यालेसमा सम्पन्न अधिवेशनमा नयाँ कार्यसमिति गठनका लागि १३ वटा राष्ट्रिय संघ, महासंघमा आबद्ध ४ वटा प्रादेशिक संघ र ६ वटा अन्य संघसंस्थाको सहभागिता रहेको थियो।

महासंघको तेस्रो अधिवेशनले सुदीप पण्डित क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ। कार्यसमितिमा ३ पदाधिकारी र ७ सदस्य गरी १० जना सर्वसम्मत निर्विरोध चयन भएका छन्।

साथै, क्षेत्रीको अध्यक्षतामा अन्य पदाधिकारीहरू पनि सर्वसम्मत चुनिए। वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी निर्वाचित भए भने उपाध्यक्षहरूमा अञ्जु रावत, एनिप महर्जन, केशव डंगोल, होमबहादुर सुनुवार र राजेन्द्र लामा निर्वाचित भए।

त्यसैगरी, महासचिवमा रूपसिंह तामाङ र सचिव द्वयमा कृष्णगोपाल राजथला र आशिष् कार्की चुनिए।

तुलसी थापामगर कोषाध्यक्षमा निर्वाचित भइन् भने सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर, सीताराम दराई, तेजबहादुर सिंह, बाबुराम तमाङ, धनराज तमाङ, सपुत मोक्तान, सुशान पुन, नहकुल राई, राजन पन्थ छनोट भए। महासंघको नयाँ कार्यसमितिमा  २३ जना पदाधिकारी रहेका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल थिए भने अतिथिहरू राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अन्जन धमला, महासंघका संस्थापक उपाध्यक्ष तथा पूर्व राखेप सदस्य निरण खड्का,  संस्थापक वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीका साथै आबद्ध संघका अध्यक्षहरू थिए।

प्रकाशित: १२ जेष्ठ २०८१ २०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App