नेकपा एमालेका सचिव योगेश भट्टराईले आयोग्य लडाकुलाई पैसा भन्दा पनि रोजगारीको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै पैसा बाडेर नभइ जीवन यापन र दिगो समाधानको बाटोका लागि रोजगारीको व्यवस्था गर्नुपर्ने बताएका हुन्।
उनले भनेका छन्,अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गर्ने अनि सार्वजनिक सेयर आह्वन गरी हाललाई कम्तीमा ५ अरबको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उधोग खोल्ने वा पाँच तारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने। पूजी वृद्धि गरी उधोगको आकार बढाउँदै जाने। पैसा बाडेर होइन जीवन यापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ। सरकारको ध्यानाकर्षण गर्दछु।
सरकारले आयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने निर्णय गरेको थियो। सरकारको यो निर्याणको अहिले सर्वत्र विरोध भइरहेको छ।
प्रकाशित: १५ वैशाख २०८० १५:१४ शुक्रबार