मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु
असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ।
असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ।
मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो।
बैतडीको पाटन नगरपालिकाको बजार क्षेत्रमा खानेपानीको समस्या हट्ने भएको छ। करिब १९ करोड ७० लाख रुपैयाँ लागतमा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि बजार क्षेत्रमा पिउने पानीको समस्या हट्ने भएको हो।
जग्गा सम्वन्धी विवाद समाधान भएपछि ताप्लेजुङको पाथिभरा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आयोजनामा अघि बढ्ने भएको छ। खानेपानी आयोजनाको निर्माण कम्पनी प्रेरा–बिष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबलकार प्रालिबीच मुहान नजिक बनेको ट्याङकी निर्माणको विषयमा जग्गामा विवाद थियो।
गत असार मसान्तसम्मको म्याद गुज्रिएपछि पुःन कोभिड–१८ कै कारण देखाएर ६ महिनाको दोश्रो म्याद थपको प्रकृया अघि बढाइएको प्रमुख महर्जनले बताए। दिवा–महादेवले खिम्तीले दुधकोसीको पानीलाई महादेवस्थानको भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्नु पर्ने सम्झौता छ।
काठमाडौंको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन्।
गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आफु मातहको डिभिजन र कार्यालयहरुले स्थानीय तहसँगको समन्वयमा मात्रै काम गर्ने बताएका छन् ।
सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ। त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा र बाँकी रकम काठमाडौं उपत्यकामा पानी वितरण संरचना तयार पार्न खर्च भएको हो।
संसदीय समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ।
१८ महिनाभित्र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा खानेपानी वितरण गर्ने लक्ष्यसाथ २०७५ साल चैत १४ गते सुरु गरिएको योजनाको काम हालसम्म ९० प्रतिशत सकिएको छ।
गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो।
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पानीको महशुल तीन गुणा बढाएको छ।
‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन।’ प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए।
पोखरा महानगरपालिकाले एकघर एक धाराको अवधारणा ल्याएपनि दुई वटामा सञ्चालित आयोजना पुरा नहुदाँ महानगरको योजना कार्यान्वयनमा आउन अझै समय लाग्ने देखिएको छ ।