८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पाटन बजार क्षेत्रमा खानेपानीको समस्या हट्ने

पाटनमा निर्माण भइरहेको खानेपानी आयोजनाको ट्यांकी। तस्बिरः नागरिक

बैतडीको पाटन नगरपालिकाको बजार क्षेत्रमा खानेपानीको समस्या हट्ने भएको छ। करिब १९ करोड ७० लाख रुपैयाँ लागतमा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि बजार क्षेत्रमा पिउने पानीको समस्या हट्ने भएको हो।

सुर्नया गाडबाट लिप्टिङबाट बजार र आसपासका गाउँमा खानेपानी पर्‍याउने पाटन बजार वृहत खानेपानी उपभोक्त समिति अध्यक्ष छविराज जोशीले जानकारी दिए। नदीबाट १ सय ६२ मिटर उचाइँमा लिप्टिङबाट पानी ल्याएर वितरण गरिन लागेको हो। बजार र आसपासको गाउँका लागि ४ वटा पानी ट्याङकी निर्माण सम्पन्न भएका छन् भने ७ सय ४ धारा जडानको तयारी गरिएको अध्यक्ष जोशीले बताए। बजार क्षेत्रका प्रत्येक घरमा शुद्ध पानी पुर्‍याउने लक्ष्यका साथ निर्माण कार्य भइरहेको बताइएको छ।

बजार क्षेत्रमा खानेपानीको समस्या भएपछि र नेपाल सरकार र उपभोक्ताहरुको २५ प्रतिशत लगानीमा खानेपानी आयोजना सम्पन्न हुन लागेको हो । खानेपानीको समस्या भोग्दै आएका नगरवासीमा खानेपानी योजनाको काम सुरु भएपछि खुसियाली छाएको स्थानीय हरिश बिष्टले बताए । सञ्जवनी एण्ड गोल्वा जेभी निर्माण कम्पनीले दुई वर्षभित्र घरघरमा पानी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि दानसिंह रावलले बताए। उनले भने ‘खानेपानीको धेरै काम सम्पन्न भइसरकेको छ। समयमै आयोजना सम्पन्न गरि घरघरमा धरा निर्माण गरिने छ।’

खानेपानीको उचित व्यवस्थापनको अभाव झेल्दै आएका बजारबासीमा आयोजनाले खुशी ल्याएको स्थानीयको भनाइ छ। विद्यमान योजना निकै पुराना भएका कारण खानेपानी आपूर्तिमा असहजता हुँदै आएको थियो। पानीको अभावमा खोला र नहरको भमिलो पानी प्रयोग गर्दै आएका छन्। जसले गर्दा फोहर पानीबाट विभिन्न पानीजन्य रोगको संक्रमण हुने गरेको अधिवक्ता एवम् स्थानीय लक्ष्मीदत्त पाण्डेयले जानकारी दिए।

प्रकाशित: १० भाद्र २०७८ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App