२२ वैशाख २०८१ शनिबार
image/svg+xml

कोसीमा कांग्रेस र एमालेबाट एक-एक जना मन्त्री नियुक्त

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई जना मन्त्री नियुक्त गरेका छन्।आज मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेसबाट सम्शेर राई बिना विभागीय मन्त्री र एमालेको तर्फबाट राम राना नियुक्त भएका हुन्।

अनवर–उल–हक काकर पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री नियुक्त

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन ।

मुख्यमन्त्री नियुक्तिविरुद्ध रिट

मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका उद्धव थापाले शुक्रबार बिहान कोसी प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका हुन्।

लुम्बिनी प्रदेशः आज तीन मन्त्री नियुक्त हुँदै

स्रोतका अनुसार उनले माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादीका संसदीय दला नेता सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता धर्मराज चौधरीलाई मन्त्री नियुक्त गर्दै छन्।

कर्णाली प्रदेशः मन्त्रालय भागबण्डा अझै मिलेन

कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय छन्। सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो माओवादी केन्द्रका १३ जना सांसद छन्। माओवादी केन्द्रले चारवटा मन्त्रालय दाबी गर्दै आएको छ भने तीन सांसद रहेको समाजवादीले तीनवटा मन्त्रालय दाबी गरिरहेको छ।

वाग्मती मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मौजुदा मन्त्रिपरिषद्मा गठबन्धनका दुई जना प्रदेशसभा सदस्यलाई समावेश गरी आज मन्त्रिपरिषद् विस्तार गरेका छन्।

कर्णालीमा कांग्रेसका शाही मुख्यमन्त्री नियुक्त

नवनियुक्त मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका लागि वन, विद्युत, बाटो, विचार, बजार र व्यवस्थापन ‘६ब’ को अवधारणा अघि सारेका छन्।

परराष्ट्रमन्त्री नियुक्त गर्दै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। परराष्ट्रमन्त्री नियुक्त नहुँदा राष्ट्रसंघ र सार्कको मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउन पनि समस्या हुने भएपछि देउवाले मन्त्री नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्रीलाई कोमल वलीको प्रश्नः शिक्षा मन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो?

'भागबन्डा नमिलेर हो की शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा षेत्रमा परेको छ', उनले भनिन्, '४ लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन्। उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ।'

गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक : चार दल

गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन्।

संकटमा साथ: तीनजना मन्त्री नियुक्त

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभाबाबाट शुक्रबार विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरी आफूलाई सघाएका एमालेका चारमध्ये तीन सांसदलाई शनिबार मन्त्री बनाएका हुन्। फ्लोर क्रस गरेका ती सांसदलाई एमालेले भने पार्टीबाट निष्कासन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्