१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अनवर–उल–हक काकर पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री नियुक्त

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन।

शनिवार राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गरेका हुन ।

राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिएका हुन । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन

। कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निःवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिवार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो । ककर मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य हुनुहुन्छ । उनी सन् २०१८ को पाकिस्तानी सिनेटको चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको संसदमा निर्वाचित भएका थिए । सिन्ह्वाको सहयोगमा 

प्रकाशित: २८ श्रावण २०८० ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App