३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशः आज तीन मन्त्री नियुक्त हुँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आजै चार सदस्यीय मन्त्री परिषद गठन गर्ने तयारी गरेका छन्। मुख्यमन्त्री चौधरीले अहिले केहि बेरमा सपथ लिँदै छन्। उनले त्यस क्रममा थप ३ मन्त्री नियुक्त गर्दैछन्। 

स्रोतका अनुसार उनले माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादीका संसदीय दला नेता सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता धर्मराज चौधरीलाई मन्त्री नियुक्त गर्दै छन्। उनिहरुको सपथ पनि मुख्यमन्त्री चौधरीसंगै हुने छ। मन्त्री नियुक्त हुन लागेका तीन मन्त्रीको मन्त्रालय भने टुंग्याईएको छैन। उनिहरु सबैलाई विना बिभागिय मन्त्रीका रुपमा नियुक्त गर्न लागिएको छ।

प्रकाशित: १५ वैशाख २०८० ०५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App