४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बसले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

रुपन्देहीको तिलोत्तमामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकको ड्राइभरटोल नजिकै नम्बर नखुलेको बसले लु ३० प ८५६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुजा गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । स्कुटरलाई ठक्कर दिएर बस भागेको बताइएको छ ।

आफ्नो गाडीले युवकलाई ठक्कर दिएर भागेको भनी समाचार दिने र लेख्नेप्रति मन्त्री प्रभु साहको आक्रोश

सर्लाहीको हरिवनमा आफ्नो गाडीले एक व्यक्तिलाई ठक्कर दिएको घटनालाई पत्रकार र प्रहरीले ‘अतिरञ्जित’ गरेर प्रचार गरेको भन्दै सहरी विकासमन्त्री प्रभु साहले गम्भीर आपत्ति प्रकट गरेका छन्।

भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते

सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन्।

मिनीट्रकको ठक्करबाट एकको मृत्यु

आईतबार मिनी ट्रकको सापट भाँचिएर ठक्कर दिँदा घाइते हुन पुगेका उदयपुरका एक स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ ।

टिपरको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट सुरक्षा गार्डको मृत्यु

लकडाउनकै बेला पूर्व पश्चिम राजमार्ग अन्र्गत कपिलवस्तुमा बसको ठक्करबाट बोर्डिङ स्कुलका सुरक्षा गार्डको मृत्यु भएको छ । शनिबार राति पिपरादेखि साइलकबाट घर फर्कनेक्रममा लु २ ख २३७ नम्बरको बसले ठक्कर दिँदा वाणगंगा २ कप्टैयाका ढकबहादुर सिंजालीको मृत्यु भएको हो ।

ट्रकले कारलाई ठक्कर दिँदा बालकको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालीका वडा न ९ चौवन्नपुरमा ट्रकले कारलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख २६७४ नं को ट्रकले बिपरीत दिशातर्फ जादै गरेको बा २ ज ५१९५ नं.को कारलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिकाको सुखेपोखरीमा ट्रकको ठक्करबाट शनिबार एक जनाको मृत्यु भएको छ।

एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु, २ गम्भीर घाइते

सडकमा गफिदै बसिरहेका तीन जनालाई एम्बुलेन्सले ठक्कर दिँदा उदयपुरका एक वृद्धको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तरगत सदरमुकाम त्रियुगानगरपालिका ७ झिल्केचोकमा सडकछेउ बसेर गफ गर्दै गरेका बेला चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको स १ झ ४७७ नं. को एम्बुलेन्सले ठक्कर दिँदा घाइते ३ मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

हरिवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। शनिबार मध्यान्ह ना. ६ ख ५६४५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको हो।

टिपरको ठक्करबाट महिलाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ बजेर ३० मिनेटमा ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु , एक घाइते

बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्