४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बसले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

रुपन्देहीको तिलोत्तमामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकको ड्राइभरटोल नजिकै नम्बर नखुलेको बसले लु ३० प ८५६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुजा गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । स्कुटरलाई ठक्कर दिएर बस भागेको बताइएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा दुईवटा बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  

बुटवल-६ चाँदबारी घर भएकी २६ वर्षे पुजा नृत्य प्रशिक्षक हुन् । उनी रुपन्देहीकै न्यु इन्भारोमेन्ट उच्च माविमा नृत्य प्रशिक्षकको रुपमा कार्यरत थिइन् । भैरहवाबाट बुटवल फर्कंदै गर्दा सोमबार अपरान्ह ४ बजेतिर पुजा सवार स्कुटरलाई बसले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा क्रिमसन अस्पतालमा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपि सत्यनारायण थापाले बताए ।

प्रकाशित: २७ माघ २०७७ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App