२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते

सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन्।

भेरीगंगा नगरपालिका–१३, का २९ वर्षीय अशोक चन्द र गुर्भाकोट नगरपालिका–१४, का १८ वर्षीय कुशल सुनार घाइते भएका हुन्।

चन्दको हात र खुट्टामा सामान्य चोट लागेको छ। र, उनको भेरी पोलिकिल्निक छिन्चुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै सुनारको दाहिने खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

भरीगंगा–२, पैसठ्ठीस्थित छिन्चुबाट सुर्खेततर्फ जाँदै गरेको भे८प १०१३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नाअपभा १०८ नम्बरको वनटेस्ट टिप्परले ठक्कर दिएको थियो। टिप्पर चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०७७ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App