८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

आफ्नो गाडीले युवकलाई ठक्कर दिएर भागेको भनी समाचार दिने र लेख्नेप्रति मन्त्री प्रभु साहको आक्रोश

मन्त्री प्रभु साह

सर्लाहीको हरिवनमा आफ्नो गाडीले एक व्यक्तिलाई ठक्कर दिएको घटनालाई पत्रकार र प्रहरीले ‘अतिरञ्जित’ गरेर प्रचार गरेको भन्दै सहरी विकासमन्त्री प्रभु साहले गम्भीर आपत्ति प्रकट गरेका छन्।  

मन्त्री साह सवार १ झ ३८४२ नम्बरको जिपले शनिबार सर्लाहीको लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी सामान्य घाइते भएका थिए।  

तर मन्त्री साहले ती युवकलाई कुनै वास्ता नगरी गाडी कुदाएको भनी सञ्चारमाध्यमले समाचार लेखेका थिए। प्रहरीले पनि गाडी भागेको भनेको थियो।  

तर मन्त्री साहले सामान्य घटनलाई पत्रकार र प्रहरीले बढाईचढाई गरी आफ्नो बदनाम गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।  

यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस :

प्रकाशित: १९ पुस २०७७ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App