५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

रुपन्देहीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका ११ नेउडिहवामा विद्यार्थी लिएर जाने क्रममा स्थानीय ४ वर्षीय बालकको बसको ठक्करबाट मृत्यु भएको हो।

ट्रकको ठक्करबाट बालकको मृत्यु

भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्य भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जादै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री बर्ष ११ को तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ।

आकासमा विमान ठोक्किएपछि...

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।

टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु

सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन्।

बोलेरोको ठक्करले प्रहरीको मृत्यु

प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको बोलेरोको ठक्करबाट मृत्यु भएको छ।

भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, एकजना घाईते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।

टिपरको ठक्करबाट महिलाको मृत्यु

व्यास नगरपालिका–४ बागभञ्ज्याङमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ गीतानगर बस्ने ४६ वर्षीया अनिता पाठक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गोरखामा टिपरकाे ठक्करबाट महिलाको मृत्यु

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा टिपरको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्यू भएको छ। शुक्रवार बिहान घरबाट छेवेटार बजार दुध पुर्‍याउन जाँदै गरेकी महिलालाई गोरखकाली क्रसर उद्योगबाट निस्केको ग १ ख ८०२७ नम्बरको टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए। ठक्कर दिने गाडीमा स्थानीयले आगजनी गरेका छन्। सँगै रहेको ग १ ख ७४७३ नम्बरको गाडीमा पनि आगजनी गरेको प्रहरीले जनाएको छ।

टिपरकाे ठक्करबाट मीन भवनमा बृद्धाको मृत्यु

मीन भवनमा टिपरले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ। शनिबार राति ठक्कर दिएर भागेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन्।

बसको ठक्करबाट मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा शुक्रबार बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जीपको ठक्करबाट मृत्यु

भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज बेलुकी एक जनाको मृत्यु भएको छ। भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

टिप्परको ठक्करले मोटरसाइकलमा आगलागी

उदयपुरको साउनेमा शनिबार बिहान टिप्परले ठक्कर दिँदा एउटा मोटरसाइकल आगो लागेर ध्वस्त भएको छ। बिहान १० बजेको समयमा त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा केही माथि ना १ क ७६९९ टिप्परले ठक्कर दिँदा स ८ प ६७०० को मोटरसाइकलमा आफैं आगो लागेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको हो।

ट्रकको ठक्करबाट घाइते बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइयो

कोहलपुरमा ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।

ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त, विद्यार्थीले ट्रक जलाए

ट्रकले बिद्यार्थीलाई ठक्कर दिएर घाइते बनाएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार बिहान करिव साढे १० बजेतिर स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सो दुर्घटनामा एक जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्