४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखामा टिपरकाे ठक्करबाट महिलाको मृत्यु

गोरखा- गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा टिपरको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्यू भएको छ। शुक्रवार बिहान घरबाट छेवेटार बजार दुध पुर्‍याउन जाँदै गरेकी महिलालाई गोरखकाली क्रसर उद्योगबाट निस्केको ग १ ख ८०२७ नम्बरको टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए। ठक्कर दिने गाडीमा स्थानीयले आगजनी गरेका छन्। सँगै रहेको ग १ ख ७४७३ नम्बरको गाडीमा पनि आगजनी गरेको प्रहरीले जनाएको छ।

महिलाको मृत्यूपछि आक्रोसित स्थानीयले टिप्पर, एक्साभेटर र ब्याक्हुलोडर सहित १५ भन्दाबढि सवारी साधन तोडफोड गरेका छन्।

 

 

 

 

प्रकाशित: १७ माघ २०७६ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App